SHELTER

छाप्रो
डकुमेन्ट्रीका लागिपहिलो तस्बिर खिच्दैथेँ ।जीवनमापहिलो पटक सार्वजनिक ठाउँमा तस्बिर खिच्दा कसैले रोक्यो र सारा बेलिबिस्तार सुनाउँदापनितस्बिर खिच्नपाइएन । वरिपरिबाट घेरिएँ अनि एकपछि अर्को प्रश्नको बार लाग्यो ।
स्थान ः बागमतीकिनारा थापाथली सुकुम्बासी बस्ती । पछि थाहापाएँ– सबै सुकुम्बासी बस्तीमा पत्रकार÷फोटोग्राफरमाथिनिगरानीगरिने रहेछ । समयले यस्तो गर्न बाध्यपारेको बताउँछन् सुकुम्बासी।
थापाथलीमा सुकुम्बासी बस्ती बसेको झन्डै छ वर्ष पुग्यो । सेती–महाकालीसाइकलआन्दोलन ¥याली सम्पन्न गरेपछि उनीहरू यो ठाउँमा छाप्रो हालेर बस्न थालेका थिए । नर्कोटको घारीले भरिएको त्यस ठाउँ दिउसै डरलाग्दो थियो । एकपछि अर्को परिवार आउने क्रम बढ्न थाल्यो । कोही राजनीतिक कारण त कोही सहजजीवनयापनकालागि। यहीँ छाप्रो हालेर बस्नथाले । हुँदाहुँदात्यो सानो बस्ती समाजै जस्तो बन्यो । सानो–ठूलो,धनी–गरिब, छुवाछुत सबै बिर्से यिनले, सबै सुकुम्बासीभए ।
बागमती सफागर्ने योजनामाबागमती र यसकाशाखानदीकिनारामा बस्दै आएका सुकुम्बासी बस्ती हटाउने निर्णय राज्यले गरेको छ । यो निर्णयले यीजनतात्रासमा छन् । कतिबेलालखेटिनुपर्ने हो, थाहा छैन ।

मीना बस्नेत। बाबुआमाबितेपछिदाजुभाउजुको सकस सहननसकेर गाउँले दिदीको पछि लागेर काठमाडौं आइन् । ज्यालादारी गर्नथालिन् । ठेकेदारसँग बिहे भयो । बिहेपछि घर जाउँलाअनिसुखले बसौंलाभन्ने उनको सोच थियो । तर श्रीमानले उनलाईकहिल्यै घर लगेनन् । श्रीमान रक्स्याहाथिए । रक्सीले उनलाई नै खाइदियो ।
पेटमाबच्चाथियो । केही समय मागेरसमेत गुजारा चलाइन् । दुधेबालिकालिएर फेरि ज्यालागर्न थालिन् । कतै केहीनलागेपछि साथीहरूको सल्लाहमाबागमतीकिनाराको सहारा लिनपुगिन् । अहिले १४ वर्षे छोरीलाईसरकारी स्कुलमा पढाइरहेकी छन् । आफू दिनरातदुःख गर्छिन् । सम्पत्तिको नाममा छाप्रो छ । ‘आफ्नो जनतालाई त यस्तो अत्याचार नगर्ला नि सरकारले !’ मीनालाई अलिअलिआस छ ।
त्रास पनि छ उनमा, ‘सरकारले बस्ने बास दिनुप¥यो,होइनभने बागमतीमाफालिदिनुप¥यो । हामीगरिब कताजाने ?’
सडक विस्तार गर्नु, खोलानाला सफागर्नु, विकास परियोजनाल्याउनु देश र जनताकालागि राम्रो तर जनताको बासको सुरक्षागर्नु पनि सरकारको दायित्यहो । विकास प्रक्रियासंगतहुनुपर्छ । ‘हामीविकास विरोधीहोइनम्, परिस्थितिले हामीलाई यहाँल्यायो । न्यायपूर्ण र वैकल्पिकव्यवस्था सरकारले मिलाइदिए सर्न तयार छौं,’ सुमन चौधरी भन्छन् ।
राज्यले जनताको भलो गर्न बल होइन, बुद्धिले कामगर्नुपर्छ । पुलिस फोर्स र डोजर होइन विषयविज्ञ लगेर वास्तविकताअध्ययनगर्नुपर्छ । वास्तविक सुकुम्बासी र घरबासी छुट्याउनु,अनिवास्तविक सुकुम्बासीलाईवैकल्पिकव्यवस्था गरेर मात्र राज्यले विकास अगाडि बढाउनु बुद्धिमानी हुन्छ ।

 

Deepak Story 001
Deepak Story 002
Deepak Story 003
Deepak Story 004
Deepak Story 005
Deepak Story 007
Deepak Story 008
Deepak Story 009_ Main
Deepak Story 010
Deepak Story 011
Deepak_MG_8704
previous arrow
next arrow